प्रचण्डको निर्देशनमा गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिने
पाेखरा | चैत ९, २०७९
पोखरा: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने भएको छ ।
औपचारिक रुपमा माओवादी केन्द्र गण्डकीको संसदीय दलको बैठक शुक्रबार बिहान बसी सरकारबाट बाहिरिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताए ।
‘केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्देशन गरेको छ, मन्त्री चुमानले भने, ‘भोलि बिहान दलको बैठक बस्दै छौं, औपचारिक निर्णय बिहान नै गछौं ।’
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

